सिरहा, लहान : सिरहाको लहानस्थित अस्पताल चोक क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र संदिग्ध व्यक्तिबीच भएको अपरेसनका क्रममा गोली चलेको छ।
प्रहरीका अनुसार घटनास्थलबाट ५ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक गरी कुल ६ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट प्रारम्भिक रूपमा करिब २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा १ जना भारतीय र १ जना नेपाली नागरिकको खुट्टामा गोली लागेको बताइएको छ। घाइते दुवै जनाको उपचार भइरहेको छ भने उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
घटनापछि प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिमाथि सोधपुछ तथा बरामद लागुऔषधको स्रोत, आपूर्ति सञ्जाल र घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

प्रतिकृयाहरु