बूढानीलकण्ठ नगरपालिकाको वडा नं १३ चुनिखेलमा 'प्रथम आर डब्लु विन्टर स्ल्याम २०२१' राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ। 

हिजो पौष १७ गते देखि वडा नं १३ र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो। अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्य र साथै नयाँ किसिमको खेल प्रतियोगिताको आयोजना भएसँगै खेल हेर्नका लागि आउने दर्शकहरुको उपस्थिति उत्साहजनक रहेको थियो। 

बू.न.पा वडा नं १३ मा रहेको करुणा अस्पतालको स्वास्थ्य साझेदारीका साथ यस प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननिय ईश्वर पोखरेल,नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल, माननिय महामन्त्री राजु श्रेष्ठ, बू.न.पा वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, वडा नं २ का वडाध्यक्ष राजेन्द्र खड्का लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

यस प्रतियोगितामा नुवाकोटे टाईगर, चटान, डेभिड, साईन टुप्पी ग्याङ, एक्स हिरो, लेडी एज्जल, तन्नु, सिजे, एससी, जीन, बाका, यु बि एल लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा रहको थियो । 

उक्त प्रतियोगितामा हेभी वेट च्याम्पियनले ८० हजार रुपैँया, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार, लाईट वेट च्याम्पियनले २५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।