पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८८७ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सोही समय कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२२ छ ।