चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले चीन-पाकिस्तान आर्थिक कोरिडरलाई उच्चस्तरीय बेल्ट एन्ड रोडको नमूना परियोजना बनाएर दुई देशका जनतालाई अरू फाइदा पुर्याउने विचार व्यक्त गर्नुभएको छ।
 २३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्त चाउले उक्त कुरा बताउनुभएको हो।
उहाँले चीनले पाकिस्तानसँग मिलेर प्रधानमन्त्री मुहम्मद शाहबाज शारिफ चीनको भ्रमणका बेलामा दुई देशका नेताबीच सम्पन्न महत्वपूर्ण सहमति र चीन-पाकिस्तान आर्थिक कोरिडर संयुक्त समितिको सम्मेलनको उपलब्धिको पालना गरी कोरिडर प्रारूप मातहत ठूलो कार्यक्रमको निर्माण र औद्योगिक सहयोगलाई बढाउने र चीन-पाकिस्तान आर्थिक करिडरलाई उच्चस्तरीय बेल्ट एन्ड रोडको नमूना परियोजना बनाएर दुई देशका जनतालाई अरू फाइदा पुर्याउने इच्छा लिएको उल्लेख गर्नुभयो।