बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौज परिचालन गरी आइतबार दिउँसो १२ बजेसम्म उनीहरूको उद्धार गरेको हो ।नेपाली सेनाका अनुसार जगतबाट छ जना, न्याक्फेदीबाट नौ जना, यारुबाट नौ जना र पायुथबाट १२ जनाको उद्धार गरिएको छ । यारुबाट उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन् ।उद्धार कार्यमा नेपाली सेनाको एमआई–१७ सहित चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो । अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिकृयाहरु