बूढानिलकण्ठ नगरपालिका –८ स्थित भंगालमा एकजना महिलाको हत्या भएको छ । बुढानिलकण्ठ–३ घर भएकी ४० वर्षीय फुलमाया सुनारको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन  ।

बुधवार मध्यान्ह भंगालमा निर्माणाधीन घरमा  शव फेला परेकी फुलमायाको हत्या आरोपमा प्रहरीले बाग्लुङ घर भएका लक्ष्मीनारायण केसीलाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका केसी सो निर्माणाधीन घरको चौकीदार हुन् ।

भित्री कपडा च्यातिएको र घटनास्थलबाट ढाटा फालेको अवस्थामा भेटिएको फुलमायाको शव निर्माणाधीन घरको भुइँतलामा भेटिएको थियो। सो घरको माथिल्लो तलामा आरोपी केसी  बस्दै आएका थिए ।

मृतक केही दिनअघि काम खोज्दै सो भवनमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको र  शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।