भद्रकाली अधारभूत बिद्यालयमा छात्र बृत्ती तथा सम्मान कार्यक्रम ,नगर बिकासको मुख्य आधार नै शिक्षा

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Jestha 27

बुनपा ६ को एकमात्र सरकारी बिध्यालय "भद्रकाली आधाभुत बिद्यालय " मा नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा शिक्षक विदाइ,सहयोगी दाता सम्मान तथा बिद्यार्थीलाई छात्रवृत्ति प्रदान कार्यक्रम संचालन भएको छ। कार्यक्रममा वडा अध्यक्षहरु नवीन केसी (वडान.६),वसनारायण महर्जन(वडा न.७)लगायत् विभिन्न विध्यालयका प्रतिनिधि ,समाजसेवी,शिक्षाविद आदिको सहभागीता थियो। विध्यालयको गुणस्तर विकास गर्न वडा र नगर दुबै तयार रहेको वडा अध्यक्ष नवीन केसीले जानकारी दिनुभएको छ। नगर प्रमुखले प्र.अ. कुमार खडका र शिक्षकहरु क्रमशः मुकुन्द खडका र सानुकाजी महर्जनलाई सम्मान पत्र प्रदान गरि ससम्मान विदाइ गर्नुभएको थियो भने विध्यार्थीहरुलाइ छात्रवृत्ति समेत प्रदान गर्नु भएको थियो।बूढानिल्कण्ठ नगरपालिकालाई बिकास तथा समृद्धको तर्फ डोर्याउन शिक्षा नै पहिलो प्राथमिक्तामा रहेको र नगरपालिका भित्र रहेका हरेक समुदायिक बिद्यालयहरुको शिक्षा स्तर उन्नती गर्दै लैजाने तथा गरीब जेहेन्दार र पढ्न नपाएका विद्यार्थीहरुलाई उचित व्यवस्था नगरपालिकाले गरिने नगर प्रमुख उद्धव खरेलले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।बिद्यालयको रचनात्मक परिवर्तनको लागि अतुलनीय योगदान गर्नुहुने समाजसेवी प्रदिप ड्ङ्गोल , विध्यालयकोलाई पुस्तकालय बनाउने अभियानमा सकृय युवा समाजसेवी दिपु बस्नेत लगायत बिद्यालयलाइ सहयोग गर्ने विभिन्न दातृ निकाय र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।

[[IMAGE_ALT]]