बूढानीलकण्ठ, बैशाख १ ।   नव वर्ष बि.सं. २०७६ को पूर्व सन्ध्यामा बूढानीलकण्ठ नगरपालिका ११ जगडोल देखि वडा २ सामुदायिक बन स्थित कोत डाँडा सम्म पद यात्रा सम्पन्न भएको छ। आन्तरिक पर्यटन बिकासको उद्देश्यले प्रदेश सांसद कुसुम कार्कीको संयोज्क्तवमा भएको पद यात्रा चैत ३० गते सनिवार बिहान ८ बजे जगडोल देखि सुरु भएर कोत डाँडा पुगी समापन भएको थियो। 

ऐतिहासिक, धार्मिक र संस्कृतिक महत्व बोकेको बूढानीलकण्ठका प्राकृतिक बनहरुमा पर्यटन बिकासको सम्भावित एवं  अोझेलमा परेका बिभिन्न ठाँउहरु अबलोकन गर्दै उक्त क्षेत्रहरको संरक्षण तथा प्रचार गरेर नगरपालिकाको आन्तरीक पर्यटन विकास मार्फत आर्थिक विकास गर्ने उद्देश्य बोकेको सांसद कार्कीले पद यात्रा सुरु हुनु अगि ब्रीफिंग गर्दा जानकारी दीएका  थिए। पद यात्राको अन्तिम गन्तव्य कोत डाँडामा नेपालकै सबै भन्दा ठुलो महादेवको मुर्ति बनाउने योजना रहेकोले उक्त ठाँउ अवलोकन गर्न पनी यो विशेष पद यात्रा आयोजना गरेको सांसद कार्किले बूढानीलकण्ठ संचार गृह संग पद यात्राको मार्गमा हिड्दै गर्दा बताउनु भयो। वँहाले आफ्नो कुरालाई जोड्दै सो पद मार्गमा ऐतिहासिक महत्व बोकेको गढी पनी बूढानीलकण्ठमा रहेको जानकारी दिए।  पद यात्रामा सामुदायिक बनका अध्यक्षहरु पनि उपस्थित रहेकोले बन जंगलमा रहेको क्षेत्रहरुको बारेमा जानकारी पाउन पद यात्रीहरुलाई थप सहज भएको थियो।  

पदयात्रामा बूढानीलकण्ठ का वडा अध्यक्ष, सद्स्य, बिभिन्न संस्थाका पदाधिकारिहरु, राजनितिक दलका प्रतिनिधी ,समाजिकसेवामा सक्रिय व्यक्तित्वहरु, सामान्य नागरीक लगायतका करिब सय जना को सहभागिता रहेको थियो जस्मा ५०० रुपैया सहभागि सुल्क सहभागिहरुले आयोजकलाई तिरेका थिए। उक्त रकम सहभागिहरुलाई नास्ता र खानाको लागि प्रयोग गरिएको थियो।