गायक अंकितबाबु अधिकारीले नयाँ गीत 'सम्झनालाई' सार्वजनिक गरेका छन्। बुधबार युट्यूबमा सार्वजनिक गरिएको गीत १८ घण्टामा ७ हजारभन्दा बढीले हेरेका छन्।

यमन सुवेदीको शब्द रहेको गीतमा किरण भुषालले संगीत भरेका छन्। गीतको म्‍युजिक भिडियोमा अभय, संकेत, सौरभ, ममता र शिवले अभिनय गरेका छन्। आर्टमान्डू नेपालले उत्पादन गरेको भिडियोको निर्देशन नवीन चौहानले गरेका हुन्।

भिडियोमा अलग सांस्कृतिक पृष्ठभूमिका ब्राह्मण युवक र नेवारी युवतीबीचको प्रेमको कथा देख्न सकिन्छ। ब्राह्मण समाजका परम्परागत मूल्यमन्यतामा आधुनिकताले पारेको प्रभाव, मानवीय इच्छा र व्यक्तिगत आकांक्षा आदिलाई भिडियोमा रमाइलोसँग देखाइएको छ।

यसअघि अंकितले गाएको गीत रामनामले राम्रो चर्चा बटुलेको थियो।

पछिल्लोपटक रियालिटी शो 'भ्वाइस अफ नेपाल' मा सहभागी भएका उनी ब्याटल राउन्डबाट बाहिरिएका थिए।