यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ४५ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा रु ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ।

सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१ आरोही समूहका ३३९ आरोही छन्।

ल्होत्सेमा सात समूहका ६६, मकालुमा चार समूहका ५३, अमादब्लममा चार समूहका ४१, कञ्चनजङ्घामा चार समूहका ३२, अन्नपूर्णमा तीन आरोही समूहका २३ आरोही छन्।