पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको 'विश्वसनीय सूचना' पाएको दाबी गरेको छ। उक्त भनाइलाई भारतले भने पाकिस्तानको 'युद्ध उन्माद' भनेर प्रतिक्रिया दिएको छ। पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका थिए।

के छ पाकिस्तानको दाबी? गत फेब्रुअरीको उक्त घटनापछि यी मुलुकहरूको तनाव कम भएको जस्तो देखिएको थियो। तर केही दिनअघि फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत 'युद्धको उन्माद'बाट ग्रसित भएको र भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए। अहिले उनका विदेशमन्त्रीले पाकिस्तानसँग भारतले गर्न लागेको आक्रमणबारे 'गुप्तचरी सूचना' भएको बताएका छन्।

गत फेब्रुअरीमा पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई आफ्नो भूमिमा खसालेर त्यसको चालकलाई कब्जामा लिएको थियो कुरेशीले संवाददाताहरूसँग भने, "पाकिस्तानविरुद्ध अर्को आक्रमणको सम्भावना रहेको छ र हाम्रो सूचनाअनुसार त्यो एप्रिल १६ र २० तारिखबीच हुन सक्छ।" उनले उक्त सूचना प्राप्त गरेपछि अन्तर्राष्ट्रिय समुदायका साथसाथै पाकिस्तानी जनतालाई पनि सूचित गर्ने निर्णय लिएको बताएका थिए। आसन्न आक्रमण आफ्नो देशविरुद्ध 'कूटनीतिक दबाव' बढाउनका लागि गर्न लागिएको हुन सक्ने उनको तर्क छ।

पाकिस्तानी हिन्दू किशोरीको 'धर्म परिवर्तन' बारे भारत-पाकिस्तानबीच सबालजबाफ कश्मीरमा अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ हिन्दूबारे आपत्तिजनक टिप्पणी गर्ने पाकिस्तानी मन्त्री 'पदमुक्त' 'भारतीय योजना'को विरोध गर्न पाकिस्तानले इस्लामाबादस्थित भारतीय आयोगका एक वरिष्ठ कूटनीतिज्ञलाई बोलाएर सोधपुछ पनि गरेको छ। पाकिस्ताने भारतीय योजनाबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई दुई दिनअघि नै जानकारी गराइएको कुरेशीले बताए। के भन्छ भारत? भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले "यस क्षेत्रमा युद्ध उन्माद फैलाउने एउटा स्पष्ट उद्देश्य"साथ पाकिस्तानको उक्त भनाइ आएको बताएका छन्। उनले भनेका छन्, "यो सार्वजनिक नौटङ्की पाकिस्तानमा रहेका आतङ्ककारीहरूलाई भारतमा आतङ्ककारी आक्रमण गर्न सन्देश दिनका निम्ति गरेको जस्तो देखिन्छ।" उनले "कश्मीरमा गरिएको कार बम हमलाको दायित्वबाट पाकिस्तान उम्कन नपाउने"मा जोड दिएका छन्।

जैश-ए-मोहम्मद समूहका सशस्त्र लडाकुका निम्ति पाकिस्तान सुरक्षित स्थान रहेको भन्दै लामो समयदेखि भारतले आरोप लगाउँदै आएको छ। पुलवामामा भएको आक्रमण आफूले गरेको दाबी उक्त समूहले गरेको थियो। तर पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता नभएको भन्दै भारतको आरोपको खण्डन गरेको थियो। इमरान खानले आफू उक्त घटनाको अनुसन्धानका लागि सहयोग गर्न तत्पर रहेको भन्दै भारतलाई प्रमाणहरू दिन आग्रह गरेका थिए।(BBC)