फ्लोरेन्स नाम गरेको ठूलो समुद्री आँधी अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सक्रिय

[[IMG_ALT]]

www.bsgnews.com | International News | Bhadra 29

फ्लोरेन्स नाम गरेको ठूलो समुद्री आँधी अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सक्रिय भएपछी हावाहुरी तीव्र भएका विवरण प्राप्त भएका छन्। त्यो आँधीले उत्तरी र दक्षिणी क्यारोलाइना क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने भविष्यवाणी गरिएको छ।

आँधी सुरु भएपछि उत्तर क्यारोलाइना राज्यका एक हजारभन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ। आँधीको मुख जमिनतिर नजिकिँदै गर्दा त्यो केही कमजोर हुन थालेको बताइएको छ।

अहिले आँधी १५० किलोमिटर प्रति घन्टाको गतिमा अघि बढिरहेको छ।
अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार आँधीका कारण हावाहुरी चल्ने र भारी वर्षा हुने क्रम छिट्टै अझै तीव्र हुन सक्छ।

त्यसले त्यस क्षेत्रमा धनजनको क्षति हुन सक्ने चिन्ता बढेको छ।

आँधीको प्रभाव समुद्र तटीय क्षेत्रबाट क्रमश भित्री भूभागमा पर्नसक्ने भविष्यवाणी गरिएको छ।

सरकारी निर्देशनको पालना गर्दै त्यस क्षेत्रका लाखौँ मानिसहरू सुरक्षित स्थानमा सरेका छन्।
(BBC)