बूढानिलकण्ठ नगरपालिका, बूढानिलकण्ठ नगरपालिकामा गत साल भन्दा यो साल बालुवा चोरी निकासीको कार्यमा नियन्त्रण गर्न सफल भएता पनि बालुवा चोरी निकासी कार्य रोक्न भने सकेको छैन । हालसालै बूढानिलकण्ठ नगरपालिका वडा १३ गाम्चा धोबी खोला बाट अवैध रुपमा बालुवा ओसार पसार गरी रहेको बा ४ ख ७५९६ नम्बरको मिनी ट्रक महानगरिय प्रहरी प्रभाग बूढानिल्कण्ठको टोलीले नियन्त्रणमा लिई आवशयक कार्वाहीको लागी बूढानिलकण्ठ नगरपालिकाको कार्यलय गोल्फुटार पठाइएको छ । महानगारिय प्रहरी प्रभाग बूढानिलकण्ठका प्रभाग प्रमुख राज कुमार राई ज्युले आफ्नो कार्य क्षेत्र वरपर अवैध तरिकाले बालुवा चोरी निकासी गर्ने र गराउनेलाई बिगतमा प्रशासनिक कार्वाही गरिसकेको छ । गएको २ महिनामा अवैध बालुवा ओसार पसार गर्ने १६ वटा मिनिट्रक तथा संलग्न २४ व्यक्तीहरुलाई आवश्यक कार्वाहीको लागी जिल्ला समन्व्य समिती बबर महल पठाएको थियो । "अवैध बालुवा तस्करहरु बीच कुनै Compromise हुने छैन"। अवैध बालुवा चोरी निकासी शुन्यमा लेराउन प्रयासरत प्रभाग प्रमुख राज कुमार राई भन्नु हुन्छ; यो बर्ष प्रहरी प्रभागका बूढानिलकण्ठले अवैध बालुवा तस्कर बिरुद्ध एक किसिमको अपरेशन नै सुचारु गरेको हो। अवैध बालुवा तस्करहरु बीच कुनै Compromise नगरी शुन्य सहन शीलता अपनाईएको छ । तसर्थ हाम्रो लक्ष्य भनेको राजस्व छली गरि अवैध बालुवा चोरी तस्करी गर्ने कार्यलाई शुन्यमा लेराउनु हो । शुन्यमा लेराउन चुनौतीहरु धेरै छन तर असम्भव भने छैन यदि स्थानियको साथ भएमा उक्त कार्य गर्न सकिन्छ । तर गत २ महिनामा बूढानिकन्ठ प्रहरी प्रभागले अवैध बालुवा तस्कर बिरुद्ध गरेको अपरेसनको आंकलन हेर्ने हो भने सोचे अनुरुप नै सफलता प्राप्त गरेको छ ।इमान्दारिता प्रति प्रश्न आउने कुनै कार्य नगरेको साथै प्रहरी प्रति बिस्वास गर्न स्थानीय माझ आग्रह गर्नु भएको छ।