जुलिअन असान्जले एक्वेडोरको लन्डनस्थित दूतावासलाई "जासुसी गर्ने केन्द्र"का रूपमा प्रयोग गरेको आरोप सो देशका राष्ट्रपतिले लगाएका छन्।

एक्वेडोरले उनलाई दिइएको शरण दिने निर्णय उल्टाएपछि विकिलिक्सका सहसंस्थापक असान्जलाई गत हप्ता सो दूतावासबाट पक्राउ गरिएको थियो।

उनी सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए।

एक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले अरू कुनै देशले सो निर्णय गर्न आफूलाई नउकासेको बताएका छन्।

असान्जले बारम्बार नियमहरू उल्लङ्घन गरेकाले त्यो निर्णय लिइएको उनको दाबी छ।द गार्डिअनसँग कुरा गर्दै राष्ट्रपति मोरेनोले आफ्नो देशको पुरानो सरकारले लन्डनस्थित दूतावासलाई अरू देशका गतिविधिमा "हस्तक्षेप" गर्न उपलब्ध गराएको आरोप लगाए।

एक्वेडोर दूतावासतस्वीर कपीराइटJOHN STILLWELL/PA

असान्जकी वकिलले एक्वेडोरले असान्जविरुद्ध आधारहीन आरोप लगाएको बताएका थिए।

अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको बताइएको छ।

सतचालीस वर्षीय असान्जले सात वर्षअघि उक्त राजदूतावासमा शरण लिएका थिए।

यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा स्वीडेन सुपुर्दगी गरिनबाट जोगिन उनी सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए।

तर उनीविरुद्ध त्यस्तो मुद्दा फिर्ला लिइसकिएको छ।लन्डनको मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार जुलिअन असान्जलाई हिरासतमा लिइएको छ र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा "चाँडोभन्दा चाँडो" प्रस्तुत गरिनेछ।

उनलाई अदालतसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि त्यसरी पक्रन परेको प्रहरीले बताएको छ।(BBC)