बूढानिलकण्ठ नगर सभा सम्पन्न, उद्धघाटन सत्रमा प्रस्तुत गरेको बजेट बढेर १ अर्ब २१ करोड २१ लाख ४० हजार

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashad 25


बूढानिलकण्ठ नगरपालिकाको यस वर्षको नगर सभा सम्पन्न भएको छ। असार १० गते उद्घाटन भएको सभा विभिन्न सत्र बस्दै आज सम्पन्न भएको हो। नगर प्रमुख उद्दव खरेलले आज संसोधित योजना तथा कार्यक्रमहरु पढेर सुनाए पश्चात सर्वसम्मतिले बजेट पास गरीएको हो।
उद्घाटन सत्रमा ७५ करोडको बजेट पढेर सुनाईएको भएता पनि समापन सम्म उक्त बजेट बढेर १ अर्ब २१ करोड २१ लाख ४० हजारको भएको छ। अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत रकम बढेर आउने अपेक्षा गरीएको र साथै, मालपोत र बालुवा, ढुंगा बेचेको राजश्वको अनुमान गर्दै नगरपालिकामा पहिलोपल्ट घाटा बजेट निर्माण गरीएको छ । करिब २४ करोड बराबरको घाटा बजेट निर्माण गरीएको छ।
नगरसभाले विभिन्न ९२ वटा निर्णयहरु समेत गरेको छ। गत वर्ष वडा समितिलाई दिइएको ७ लाखको सिलिङ बढाएर १५ लाख पुर्याईएको छ। त्यस्तै, खानेपानी तर्फ ४ करोड भन्दा बढिका योजना हरु स्विकृत गरीएको छ।
आन्तरीक आयमा महत्वाकांक्षी लक्ष्य लिइएको छ। २४ करोड ७ लाखको आन्तरीक आम्दानिको लक्ष्य लिइएको छ। यो निकै चुनौतिपुर्ण रहेको देखिन्छ।
अत्यधिक योजना मागले योजनाहरुलाई अन्तिम रुप दिन निकै गार्हो परेको जानकारी गराईएको छ। अब केहि दिनमा नै पुस्तक प्रकाशन गरी सबै समक्ष बजेटको विस्तृत रुप सार्वजनिक गरीने समेत जानकारी दिइएको छ।
आज १ बजे सुरु हुने भनिएको सभा आज करीब पौने ४ बजे मात्र सुरु भएको थियो। समापनमा बाक्लो सङ्ख्यामा अतिथीहरु निम्त्याईए पनि आज कुनै अतिथीहरुलाई निम्त्याईएको थिएन।