बूढानीलकण्ठ नगरपालीका वडा न ५ मा रहेको चिसिनी युथ क्लबले सामुहिक देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । क्लबको भवन निर्माणार्थ आयोजना गरेको देउसी कार्यक्रममा प्रदेस सभा सदश्य माननीय दिपक निरौला  बूढानीलकण्ठ नगरपालिकाको वडा अध्यक्ष विजय तामांग बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सामुहिक देउसी भैलो कार्यक्रम आयोजना गर्दै आफ्नो कला संस्कृतिको सम्रक्षण गरि सामुहिक देउसी कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष लक्ष्मण रोक्काले हामीलाई बताए ।