पाकिस्तानका राष्ट्रपति अरिफ एल्भिले अप्रिल ५ तारिख बोल्दै चीनले सूचना प्रविधि क्षेत्रमा विशाल सफलता प्राप्त गरेको भन्दै पाकिस्तानले चीनको सूचना प्रविधिको अनुभव सिकेर सो क्षेत्रमा लगानी बढाउने बताउनुभयो। 

राष्ट्रपति अरिफ एल्भिले ह्वा वैको तेस्रो पाकिस्तान संचार तथा सूचना प्रविधि प्रतियोगिताको समापन समारोहमा उक्त कुरा बताउनुभएको हो। 

पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले जुनसुकै मुलुकको विकासका लागि शिक्षा निकै महत्वपूर्ण रहेको भन्दै चीनले पाकिस्तानी समाज तथा जीवनयापनको विकासमा ध्यान दिएको व्यक्त गर्नुभयो।

ह्वा वैको तेस्रो पाकिस्तान संचार तथा सूचना प्रविधि प्रतियोगिताको समापन समारोह अप्रिल ५ तारिख पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित भयो।(CRI)