संसदीय सुनुवाई समितिको पहिलो बैठक आज बस्ने, सभापतिमा योगेश भट्रटाईको नाम प्रस्तावित

[[IMG_ALT]]

www.bsgnews.com | National News | Ashad 26

काठमाडौं :संसदीय सुनुवाई समितिको पहिलो बैठक आज बस्ने भएको छ । दिउँसो सिंहदरबारमा बस्ने बैठकले प्रधानध्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको प्रस्तावमाथि छलफल हुने छ ।

संसदीय सुनुवाई समितिमा १५ जना सांसद नियुक्त भइसकेका छन् । प्रतिनिधिसभाबाट १२ जना र राष्ट्रिय सभाबाट ३ जना छनौट भएका हुन् । संसदीय सुनुवाइ समितिको सभापतिमा योगेश भट्रटाईको नाम प्रस्तावित भएको छ ।
संसदीय सुनुवार्इ समितिको पहिलो बैठकले तीन सदस्यीय उपसमिति गठन गरेको छ ।
सोमबार सम्पन्न भएको बैठकले बैठक सञ्चालन कार्यविधि निर्माण गर्न उपसमिति गठन गरेको हो । उपसमितिमा सां‌सद योगेश भट्टरार्इ, शिवकुमार मण्डल र पुष्पा भुषाल रहेका छन् ।

उपसमितिले तीन दिनसम्म कार्यविधि बनाउने जिम्मेवारी पाएको छ । संसदीय सुनुवार्इ समितिको अर्को बैठक २८ गते ११ बजे बस्‍ने भएको छ ।
बैठक जेष्ठ सदस्य लक्ष्मणलाल कर्णकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।