अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा पहिलो पल्ट ट्रफी टुरको आयोजना गर्ने भएको छ ।नेपाली फुटबलको इतिहासमा पहिलो पटक ट्रफी टुर आयोजना गर्दा नेपाली फुटबल समर्थकको लागी ट्रफी टुरले अपन्त्वो बढ्ने बिश्वास शहिदस्मारक ए डिभिजन लीग समितिका संयोजक विज्ञानराज शर्माले राखेका छन् ।सोमबार दशरथ रंगशालाबाट सुरु गरिने ट्रफी टुर उपत्यकाका सात स्थानमा पुर्याइने र बिशेष गरि यो टुर बिद्यालय केन्द्रित रहने शर्माले बताए ।टुर अन्तर्गत काठमाडौंका ५ तथा ललितपुर र भक्तपुरको १–१ विद्यालयमा शहिदस्मारक ए डिभिजन लीग बिजेताले जित्ने ट्रफी लगिने छ । अखिल नेपाल फुटबल संघले आश्विन १३ गते बाट शहिदस्मारक ए डिभिजन लीग संचालन गर्ने भएको छ ।लिगको लागी सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको र बिगत ४ बर्ष अगाडी बाट नेपालमा लीग खेल हुन् नसकेकोमा लिग सुरु हुने खबरले धेरै नेपाली खुसी रहेका र सबैले प्रतियोगिताको शुभकामना दिएको देख्दा नेपाली फुटबलले नयाँ बाटो लिने एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा बताउनुहुन्छ ।एन्फाले लीग तयारी खर्च स्वरुप सहभागी क्लबलाई रु.२० लाख दिने भएको र यो रकम हालसम्म तयारीको लागी एन्फाले प्रदान गरेको सबै भन्दा धेरै रहेको समेत शेर्पा बताउनु हुन्छ ।