अन्तराष्ट्रिय मूवा थाई प्रतियोगिता क्लब डे-जाभुमा हुदै

[[IMG_ALT]]

www.bsgnews | Sports | Bhadra 28

तेश्रो अन्तराष्ट्रिय किक बक्सिङ्ग मूवा थाई प्रतियोगिता राजधानीको दरबार मार्ग स्थित डे_जाभू क्लबमा आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय मुवा थाई संघले अक्टोबर १/२०१८ मा आयोजना गर्ने कार्यक्रममा अष्ट्रलिया ,थाईल्याण्ड ,भारत लगायतका मुलुकहरु बाट सहभागीहरु प्रतियोगितामा भाग जनाउन नेपाल आउने तयारीमा रहेको र प्रतियोगीहरुको बसोबासका लागी तयारी थालिएको नेपाल राष्ट्रिय मुवा थाई संघका उपाध्यक्ष श्री निलम अधिकारीले जानकारी गराउनु भयो ।
मुवा थाई खेल अहिले लोकप्रिय बन्दै आएकोमा नेपालमा प्रतियोगिता आयोजना गर्दा नेपाली खेलाडीले आफ्नो खेल देखाउन अवसर पाउने अन्तराष्ट्रिय खेलाडीहरुसंग प्रतियोगितामा भाग लिदा नयाँ अनुभब समेत नेपाली खेलाडीले प्राप्त गर्ने हुँदा उक्त कार्यक्रम आयोजना गर्न लगिएको अधिकारीको दाबी रहेको छ । कार्यक्रमलाई सफलता पुर्बक आयोजना गरि सम्पन्न गर्न सबैको सहयोग आबश्यक रहेकोले नेपालको छबि अन्तराष्ट्रिय स्तरमा उचो देखाउन कार्यक्रम सम्पन्न गर्न सबै संग सहयोगको अपिल नेपाल नेसनल मुवा थाई संघका उपाध्यक्ष श्री निलम अधिकारीले अनुरोध गर्नु भएको छ ।