घटना विवरण : चिनिया नागरिक GESANGNAMU र JIA-TA ले नेपाली रकम रु ५०,००,०००/- (पचास लाख ) अवैध रुपमा बोकी हिडेको भनि गोप्य सुचना प्राप्त पश्चात तत्काल यस महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७५।०५।२९ गते का.जि.का.म.न.पा ज्याठा बाट अ. १६:०० बजेको समयमा पक्राउ गरिएको । थप अनुसन्धान कार्य जारी रहेको । पक्राउ परेको व्यक्ति :- १.नाम :- GESANGNAMU उमेर :- ५४ बर्ष २. JIA-TA उमेर:- ५० बर्ष (महानगरीय अपराध महाशाखा)