पाँचौँ विश्व इन्टरनेट सम्मेलन आज नोभेम्बर 7 तारिख चीनको चच्याङ प्रान्तको ऊ चनमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय समितिका प्रचार-प्रसार मन्त्री ह्वाङ खुन मिङले सम्मेलनको उद्धाटन समारोहमा सहभागी हुँदै राष्ट्राध्यक्ष सी चिन फिङको शुभकामना सन्देश सुनाउनुका साथै सम्बोधन पनि गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। 

आफ्नो सम्बोधनमा मन्त्री मिङले राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशमा प्रस्तुत गरिएको विचार र अडानबाट विस्तृत रुपमा इन्टरनेटको विकास प्रवृत्तिप्रति गरिएको गहिरो सर्वेक्षण, सूचना युगमा मानव जातिको साझा हितकल्याणमा दिएको उच्च महत्व र चीन तथा विश्वका विभिन्न मुलुकसित डिजिटल विश्वको निर्माण गर्ने सदिच्छा प्रतिबिम्बित भएको कुरा बताउनुभएको छ। 

मन्त्री मिङले सम्मेलनमा सहभागी महत्वपूर्ण अतिथिहरूसँग भेटघाट गर्नुबाहेक “इन्टरनेटको किरण” नामक मेलाको पनि निरीक्षण गर्नुभएको छ।