बूढानिलकण्ठ नगरपालिकाको स्थापना दिवस मनाउन तिव्र गती मा तयारी  गरिरहेका युवा निलकण्ठ समुहले उक्त  प्रदर्शनी पृथक हुनेमा आशावादी रहेका छन ।  

बूढानिलकण्ठ नगरपालिका 

बूढानीलकण्ठ नगरपालिका गठन भएको यहि मंसिर १६ गते चार वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गर्दैछ। साविकका ६ वटा गाँउ विकास समितिहरु लाई एकिकृत गरी २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठक बाट यस नगरपालिकाको गठन भएको हो।

बूढानीलकण्ठ नगरपालिका गठन भएको पाचौँ बर्ष प्रवेशको अवसरमा ‘युवानिलकण्ठ-सामाजिक विकासमा बूढानीलकण्ठका युवाहरु’ अभियानले यहि मंसिर २२ गते यसलाई भव्य रुपमा मनाउने तयारी गरिरहेका छौँ। 

उदेश्यः  बूढानीलकण्ठको विविधतालाई एकै स्थानमा प्रस्तुत गरी पर्यटकिय नगर निर्माणमा सहयोग गर्ने।

प्रमुख आकर्षण 
• बूढानिलकण्ठका सांस्कृतिक सम्पदाहरुको प्रदर्शनि स्टल ।
• बूढानीलकण्ठ नगरपालिकाको स्टल ।
• परम्परागत भेषभुषामा उपश्थिति । 
• वडागत सांस्कृतिक कार्यक्रम प्रदर्शनि ।
• वडा समितिको परम्परागत पहिरनमा फेसन सो ।
• परम्परागत बाजा गाजाको प्रस्तुति ।
• स्थानीय उत्पादनको प्रदर्शनि तथा बिक्रि बितरण ।

तस्विर प्रदर्शनि
• नगर भित्रका सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाहरुको तस्विर प्रदर्शनि ।

उपश्थितीको भेषभुषा
1. नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु आफ्नो परम्परागत पहिरनमा उपस्थित हुनेछन्।
2. त्यस दिन उत्सवको रुपमा मनाउने भएकोले अन्य सहभागीहरु लाई पनि परम्परागत पहिरनमा आउन आह्वान गर्दछौँ। 

#स्टल राख्न तथा प्रस्तुतिको लागी सम्पर्कः 
सुमित्रा श्रेष्ठ (9860671005), विनोद पाठक (9849525165), निमेष थापा (9843695026)