जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी काङ्ग्रेस अघि बढ्नुपर्ने

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली गणितीय हिसाबले इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भए पनि देशलाइ समृद्धितिर लान नसकेकाे बताएका छन् । 

नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको थियाे भन्दै वर्तमान प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नहुँदा पनि कुनै केही परिवर्तन नभएकाे बताए  । 

सांसद थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो सङ्केत नदेखिएको बताउँदै उनले अबका चार वर्ष पार्टी सङ्गठन सुदृढिकरणमा लाग्ने बताए । उनले जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।