थाईल्याण्डमा हुन गैइरहेको ८औं अन्तरष्ट्रीय उसु सांस्कृतिक आदान प्रदान सम्मेल र ७ औ बिस्व कुङ्फु प्रतियोगितामा प्रशिक्षक एवम संयोजक सुकुमान लामको नेतृत्वमा ७ खेलाडीको टोली थाइल्याण्ड प्रस्थान गरेको छ। बूढानिलकण्ठ नगरपालिका वडा-३ मा रहेको शिवपुरी ग्रीन भ्याली रेस्टुरेन्ट औपचारिक बिदाई तथा शुभकामना कार्यक्रम गरेको थियो । कार्यक्रममा पुर्व शिक्षक ब्रम्ह देव श्रेष्ठ , दक्षीणेशोरी क्लवका अध्यक्ष कृष्ण तामाङ , लगायत बूढानिलकण्ठ कुङ्फु क्लबका अध्यक्ष दिनेश श्रेष्ठले नेपालको झण्डा प्रप्रदान गर्दै कुङ्फु टोलीलाई शुभकामना व्यक्त गरेका थिए । साथै भारतको आसाममा रहेको मार्सल आर्ट्स एकेडेमीका बिद्यार्थी हरुलाई १ हप्ते ट्रेनिङ सम्पन्न पस्चात प्रदान गरिने प्रमाण पत्र बितरण गरिएको थियो ।

थाईल्याण्डमा हुन गैइरहेको ८औं अन्त रष्ट्रीय उसु सांस्कृतिक आदान प्रदान सम्मेल र ७ औ बिस्व कुङ्फु प्रतियोगितामा आयुव घिमिरे , सुन बहादुर तामाङ , सियान तामाङ , चिराग पौडेल , सुन्दरा गुरुङ , कमल मगर , आर्यन राई लगयात खेलाडीहरुले बिभिन्न तौल, समुह, चरणमा अन्य राष्ट्रका खेलाडीहरु सँग प्रतिस्पर्धा गर्ने जानकारी  बूढानिलकण्ठ कुङ्फु क्लबका अध्यक्ष दिनेश श्रेष्ठले दिएको छ ।