घटनाको संक्षिप्त विवरण :
मिति २०७५/०९/०१ गते का.जि.टोखा न.पा.-८ मिलनटोलमा रहेको तारानाथ अर्यालको घरमा डेरा गरि बस्ने जिल्ला मुगु सोरु गाउँपालिका-८ निवासी वर्ष-२६ की अजिता मल्ललाई मुख थुनी घाँटी थिची हत्या गरि घटना पश्चात् फरार रहेका जि. मुगु सोरु गाउँपालिका-८ बस्ने वर्ष- २५ की विष्णूमाया मल्ल (शाही) लगायतका ४ जनालाई विशेष सुचनाको आधारमा अपराध महाशाखाको प्रहरी टोलीले मिति २०७५/०९/०२ गते काठमाण्डौंका विभिन्न स्थानहरुबाट पक्राउ गरी यस कार्यालयमा ल्याई सोधपुछ गर्दा निजहरुले आफुले गरेको अपराध स्विकार गरेको र अन्य अनुसन्धान जारी रहेको ।
मृतकको विवरण
मृतकको नाम : अजिता मल्ल
उमेर : २६ वर्ष
पेशा : शिक्षिका 
मृतकको श्रीमानको नाम : धर्मराज शाही
ठेगाना : जि.मुगु सोरु गाउँपालिका -८ हाल का.जि.टोखा न.पा.-८ मिलनटोल 
घटनास्थल : का.जि.टोखा न.पा.-८ मिलनटोलस्थित तारानाथ अर्यालको घरमा 
घटना घटेको मिति : २०७५/०९/०१ गते ।

घटनाको कारण :- आफुमाथी सौता हालेको रिस र खान लगाउन नदिएको ।
पक्राउ अभियुक्त
नाम : विष्णुमाया मल्ल (शाही)
उमेर : २६ वर्ष 
ठेगाना : मुगु सोरु गाउँपालिका-८

नाम : भगवती मल्ल
उमेर : २६ वर्ष 
ठेगाना : जि.मुगु छायाँनाथ रारा न.पा.-१

नाम : रिता के.सी.
उमेर : २३ वर्ष 
ठेगाना : जि.कास्की पोखरा लेखनाथ म.न.पा.-८

नाम : गान्दिपराज मल्ल
उमेर : २१ वर्ष 
ठेगाना : जि.मुगु छायाँनाथ रारा न.पा.-१

मिति : २०७५/०९/०२ गते ।

महानगरीय अपराध महाशाखा )