मेयर कपको उपाधी बूढानिलकण्ठ नगरपालिकालाई आयोजक किर्तिपुर ८४-७९ ले पराजित किर्तिपुर नगरपालिका द्वारा आयोजित प्रथम अन्तर नगरपालिका मेयर कप बास्केटबल प्रतियोगितामा बूढानिलकण्ठले फाइनलमा आयोजक किर्तिपुरलाई ८४-७९ ले हराएर च्याम्पियन भएको छ। उपत्यकाका ६ वटा नगरपालिका सहभागी भएको प्रतियोगिताको फाईनल खेल हेर्न ठुलो शङ्ख्यामा किर्तिपुरवासी उपस्थित भएका थिए। घरेलु दर्शको समर्थन पाएको किर्तिपुरले पहिलो र तेस्रो क्वार्टर आफ्नो पक्षमा पारेपनि दोश्रो र चौथो क्वार्टर बूढानिलकण्ठलाई सुम्पिएको थियो। चौथो क्वार्टरको अन्त सम्ममा स्कोर ७२-७२ भए पछी खेल अतिरिक्त समयमा पुगेको थियो।