रोहित चन्दको टिम बन्यो तेस्रो इण्डोनेसियन प्रेसिडेन्ट कपको बिजेता

[[IMG_ALT]]

b s g news | Sports | Falgun 6

प्रतिष्ठित तेस्रो इण्डोनेसियन प्रेसिडेन्ट कपको उपाधि नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टोली पर्सिजा जकार्ताले पहिलो पटक जित्न सफल भएको छ । शनिबार बुङ्ग कार्नो स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा जकार्ताले बाली युनाइटेडलाई ३–० ले पराजित गर्यो ।

जकार्ताको जितमा क्रोएशियन फरवार्ड मार्को सिमिकले पहिलो हाफको २० औं र अतिरिक्त समयमा गरी दुई गोल गरे । मार्को प्रतियोगिता कै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता समेत बने । त्यस्तै नोभ्री सेतियावानले ६३ औं मिनटमा तेस्रो गोल गरे । जर्काताको जितमा रोहितले दुई गोलको अवसर मिलाईदिएका थिए ।

करिब ७० हजार दर्शकहरुको बीचमा सम्पन्न फाइनल खेलमा इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोको समेत उपस्थिति रहेको थियो ।