विभिन्न सरकारी तथा शैक्षिक संस्थाहरुको कार्यालय छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गर्ने व्यक्तिहरु पक्राउ : 
अनुसन्धानको क्रममा प्रहरीले  मिति २०७५।०९।०८ गते रातको अं.०८:३० बजेको समयमा काठमाण्डौका बिभिन्न स्थानहरुबाट +2, त्रिबिका स्नातक र स्नातकोत्तरका ट्रान्सक्रिप्ट सो को ईष्टिकर, होलोग्राम लगायत जग्गा धनि लाल पुर्जा , पासपोर्ट, स्मार्ट लाईसेन्स, भिसा, सुरक्षा निकायका परिचय पत्र, बिबाह दर्ताका प्रमाण पत्र र कम्प्युटर थान- १, हार्डडिक्स,२ वटा प्रिन्टर मेशिन समेत बिभिन्न सरकारी तथा गैर सरकारी निकायका रबर छाप ‍ सहित नक्कली प्रमाण पत्र तयार गर्ने क्रममा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १ नक्साल घर भएको बर्ष ३२ को दिपक के.सी. समेत ३ जनालाई उपत्यकाका बिभिन्न स्थान बाट पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते मुद्धामा अनुसन्धान भइरहेको ।
पक्राउ परेका व्यक्तिहरु : 
१. जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.२ बस्ने वर्ष २८ को तारा सुबेदी । 
२. जिल्ला काठमाडौ १ नक्साल घर भएको वर्ष ३२ को दिपक के.सी. । 
३. जिल्ला सल्यान रामपुर गा.पा. वडा नं.३ ढोरेनी स्थायी घर भई 
का.जि.स्वयम्भु डेरा गरी बस्ने वर्ष ३६ को बल बहादुर राउत । 
बरामद भएका दशीका सामानहरु :
१. त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजको छापहरु
२. त्रिभुवन विश्वविद्यालयको होलोग्रामका छापहरु 
३. उच्च माध्यमिक शिक्षा परिषदको छापहरु 
४. CTEVT, वित्तिय संस्थाका छापहरु
५. नक्कली सवारी चालक अनुमति पत्रहरु
६. कागजात तयार गर्न प्रयोग गर्ने प्रिन्टर थान – २
७. प्रिन्टरमा प्रयोग गरिने विभिन्न रंगको मसी थान -५ 
८. कम्प्युटर सेट थान 
९. सर्टिफिकेट, सवारी चालक अनुमति पत्र बनाउन र फोटो छाप्न प्रयोग हुने कागजहरु

कानुनी व्यवस्था : 
मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद २५ को लिखित सम्बन्धि कसुरमा सरकारी कागज किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७०,०००।- (सत्तरी हजार) जरिवाना हुने प्रावधान रहेको ।
अन्य बिस्तृत बिवरणको लागी सम्पर्क अधिकृतसंग सम्पर्क गर्न हुन :

 प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर 
 सम्पर्क नम्बर : ९८५१२८१६३३

मिति २०७५।०९।०९ गते।

(Source Nepal Police , महानगरीय अपराध महाशाखा )