बूढानीलकण्ठ नगरपलिका वडा नं १० द्वारा आउँदै गरेको २०७५ को विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा चियापान कार्यक्रमको आयोजना गर्न गईरहेको छ। नेकपा बूढानीलकण्ठ नगरपालिका वडा १० द्धारा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा प्रमुख अथितिका रुपमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य राजेन्द्र भट्टराईको उपस्थिति रहने छ। सो कार्यक्रमको निमन्त्रणा पत्र अनुरुप अशोज २७ गतेका शनिबारको दिन बिहान ७ बजे कपन स्थित मिलनचोक पार्टी प्यालेसमा हुन गईरहेको छ। सोहि कार्यक्रममा वडा १० को सबैमाझ गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ।