GETS नामक कन्सल्टेन्सीका संचालक पक्राउ  

घटना विवरण : 
जिल्ला पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं.२ बस्ने वर्ष ३४ को निश्‍चल भन्ने गणेश ढकालले का.जि.का.म.न.पा.३२ पुतलीसडक स्थित GETS नामक कन्सल्टेन्सी खोली जिल्ला भक्तपुर सुर्यबिनायक बस्ने आभाष खनाललाई क्यानडा पठाई दिन्छु भनी ७,०००००।– ( रु.सात लाख) नगद लिई क्यानडा नपठाई ठगी गरीकोमा निजले बैक मौज्दात नरहेको चेक दिई, कन्सल्टेन्सी समेत बन्द गरी फरार रहेकोमा निजलाई यस महाशाखाबाट खटिएको बिशेष टोलीले मिति २०७५।०९।२४ गते पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको । 
साथै, निजले अन्य २५/३० जना मानिसहरु समेतलाई अष्ट्रेलिया, क्यानडा पठाई दिन्छु भनी अन्दाजी १,५०,०००००।– ( एक करोड पचास लाख) भन्दा बढी रकम लिई बैक मौज्दात नरहेको चेक दिएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आई थप अनुसन्धान भईरहेको ।

पक्राउ परेको व्यक्ति :-
१.नाम :- गणेश ढकाल
उपनाम:- निश्‍चल 
उमेर :- ३४ बर्ष 
पेशा:-GETS नामक कन्सल्टेन्सी संचालक 
स्थायी वतन :- पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं.२
हाल: का.जि.का.म.न.पा.३२ पुतलीसडक

(नेपाल प्रहरी , महानगरीय अपराध महाशाखा )