बक्सिङमा स्वर्ण पाएकी खेलाडी एलिशा भन्छिन "खेल बाहेक अरु सोच्न सक्दिन ,भबिस्यमा गतिलो तालिमको अबसर मिले एसियन र ओलम्पिक गेम्शबाट पदक ल्याउन सक्छु।"     बक्सिङ खेलमा सबै भन्दा खेलाडीको सुनौलो पक्ष भनेको आक्रमक प्रस्तुती हो, निकै राम्रो प्रदर्शन गरेर गत हप्ता आयोजित नोबिस रास्ट्रीय बक्सिङ प्रतियोगितामा आफ्नो तौल समुह स्वर्ण हात पारेपछी धेरै प्रसंशक  बाट वाही वाही कमाएकी खेलाडी हुन एलिशा खडकी। निकै आटिला स्वभावकि एलिशाको  बक्सिङ प्रतियोगिताको डेब्युमानै स्वर्ण हात पारेपछि उनी धेरै हौसिएकि छिन। प्रतियोगिताको दौडानमा प्रतिसपर्धी  नकआउट मात्रै भएनन उनको मुक्काले केही खेलाडीको होस नै गुमाउनु परेको थियो। छोटो समयमै बक्सिङ अभ्यासले पाएको सफलता उनको लागि ट्रनिङ्ग पोइन्ट भएको छ।

यस अगी घरेलु प्रतियोगिता अन्तर्गत क्षेत्रीय एब रास्ट्रीय मुवा थाई बक्सिङ प्रतियोगितामा थुप्रैपटक च्याम्पियन भएकी एलिसा खडकी खतर्नाक रिङ्ग फाइट मध्येको अल्टिमेट फाइटिङ्ग च्याम्पियनसिप प्रतिस्पर्धा  HFC 5th International  Pro.Fight मा समेत स्वर्ण बिजेता हुन। एलिसाको सबैभन्दा ठुलो सपना UFC भिडन्त गर्नु हो,यहि सपना पूरा गर्न बुबा सुभ श्रेष्ठ दिन,रातको मेहनत धेरै खर्चिएको छ।केही महिना पहिले थाइल्यान्डको थाइ बक्सिङ बिशेश प्रशिक्षण उनको लागी अन्तर्राष्ट्रिय प्रशिक्षणको सुनौलो मार्ग बन्यो। प्रशिक्षणमा सधै प्रशिक्षकको ठूलो हात रहन्छ त्यही भएर एलिशा आफ्नो पावर र टेक्निकलाई निखार्न गतिलो प्रशिक्षकको खोजीमा भौतारी रहेकी थिइन,उनले अठोट गरिन बक्सिङको पुर्ण अभ्यासबाट पोख्त हुने र ट्रेनिङको फाउन्डेसन तगडा बनाउने यहि सकल्पका साथ नक्साल बक्सिङ क्लबमा आबद्ध भएकि थिए।

नक्साल बक्सिङ कल्बबाट उनले नोबिस रास्ट्रीय महिला बक्सिङ प्रतियोगितामा सहभागी भएकी हुन।सोही कल्बका प्रमुख एब अन्तर्राष्ट्रिय बक्सिङ  प्रतियोगिताका अनुभवी प्रशिक्षक रमेशदास श्रेष्ठको बिशेष निगरानीमा हुने प्रशिक्षणले उनको बक्सिङ करियर सम्भावना देखिएको हो।१६ औ बसन्तमा उभिएकी एलिशा पढाइ भन्दा खेलकुदमा  धेरै अगाडी देखिएकी छिन।पत्रकार सँग को  एक भेटमा  उनले भने "राम्रो अब्यास मिले जस्तोसुकै खेलमा पनि टक्कर दिन सक्छु " ओलम्पिक वा एसियन गेम्स प्रतिस्पर्धा पनि खेल्न सकिन्छ भन्ने प्रतिप्रश्नमा उनले भनिन " ट्रेनिङ पाए जुनसुकै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण हात पार्न सक्छु।" यी र यस्तै प्रतिभाशाली खेलाडीलाई पन्चबर्षिय  राखेर राज्याले दीर्घकालीन योजना बनाउन सके मुलुकले अन्तर्राष्ट्रिय ठुला प्रतियोगितामा पदकको खडेरी हुने थिएन।

By डिएन घिसिङ