बूढानीलकण्ठ नगरपालिकाले नगरका सबै वडावासीहरुलाई असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा आफ्नो वरपर २ घण्टा सरसफाई गर्न आव्हान गरेको छ । आफ्नो वरिपरिको सरसफाई आफ्नै दायित्व भन्ने मूल सन्देशका साथ मनाउन लागिएको संविधान दिवस कार्यक्रमलाई आफ्नो घर वरपर ५० मिटरसम्मको दुरीमा सरसफाई गर्न नगरपालिकाले आव्हान गरेको छ । वडा कार्यालय, टोल सुधार समिति, महिला समूह, राजनीतिक दल, विद्यालय, क्लब, धार्मिक संघसंस्था सवैलाई असोज ३ गते विहान ६ देखि ९ बजेसम्मको समयमा कम्तीमा २ घण्टा सरसफाईमा सहभागी हुन नगर प्रमुख उद्धव खरेलले आयोजित पत्रकार सम्मेलन मार्फत आग्रह गर्नु भएको छ । असोज ३ गतेलाई नेपालमा संविधान दिवसको रुपमा मनाउन थालिएको छ। नेपाल सरकारले पनि संविधान दिवसको अवसर पारेर विविध कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ। बूढानिलकण्ठ नगरपालिकाले गत बर्ष देखि संविधान दिवसको अवसर पारेर नगर सरसफाई गरेको थियो। यस वर्ष पनि असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा सम्पुर्ण नगरवासीहरुको सहभागीतामा सरसफाई गरी मनाउने योजना रहेको छ। त्यस दिन अन्य कुनै पनि कार्यक्रम नराखी बिहान ६ देखी ९ बजे सम्मको कुनै २ घण्टा सरसफाई गर्ने गरी नगरपालिकाले आह्वान गर्ने तयारी भएको छ । कार्यक्रमको उदेश्य • संविधान दिवस मनाउने । • “आफ्नो वरीपरीको सरसफाई आफ्नै दायित्व” भन्ने सन्देश नगरवासीमा सम्प्रेषित गर्ने । • बर्षातको विदाई र शरद ऋतुलाई स्वागत गर्ने । • चाड पर्वको मौसमको स्वागत गर्ने । • नगरको काममा एकिकृत ऐक्यबद्दता प्रकट गर्न । सरसफाई कहाँ गर्ने? • नगरवासीहरुले आफ्नो घर वरपर ५० मिटर सम्मको दुरीमा । • संघ-संस्थाहरुले आफ्नो संस्था वरपर ५० मिटर सम्मको दुरीमा । सर-सफाईमा को-को सहभागी हुने? - सम्पुर्ण नगरबासी । - टोल समिति, महिला समुह राजनिति दल, बिधालय, प्रतिष्ठान क्लब,धार्मिक संघ संस्थाहरु, सामाजिक संघ-संस्थाहरुका सदस्यहरु । - नगरपालिका भित्र बाट निर्वाचित संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधीहरु । - नगरपालिकाका सम्पुर्ण कर्मचारी । - व्यापार, उद्योग, पसल सञ्चालन गर्ने पेशा व्यवसायिहरु सबै आ-आफ्ना घर पसल व्यवसाय । - स्थानिय प्रशासन, सुरक्षा निकायहरु । कसरी सहभागी हुने ? - वडा समिति, विद्यालय, टोल समिति, महिला समिति र संघ-संस्थाहरुले योजना निर्माण गरेर । - हँसिया, कुटो, कुचो, झोला, थुन्से बोरा लिएर । - घर छिमेकी, टोल संस्था मिलेर समुहगत रुपमा सहकार्य गरेर । - एक अर्काले छिमेकीहरुलाई खबर गरेर । सरसफाई सामाग्रीको व्यवस्था - फोहोर संकलनको लागी ठुलो प्लाष्टिक ब्याग नगरपालिकाले वडा मार्फत व्यवस्था गर्नेछ । - कार्यक्रमको लागी मास्क र पञ्जाको व्यवस्था वडा कार्यालयले गर्नेछ । - नगरवासि हरुले हँसिया, कुटो, कुचो, झोला, थुन्से, बोरा लगायत सामाग्री प्रयोग गर्नु पर्नेछ । फोहोर संकलन फोहोर संकलनको सेवा प्रदायकहरुले संकलित फोहोर उठाउने । यसको लागी वातावरण शाखाले समन्वय गर्ने । अनुगमन - यस कार्यक्रमको अनुगमन वडा समितिले बनाएको योजना अनुसार हुनेछ। - नगर बाट समेत अनुगमन गरीनेछ।