आमीर खान चीनमा डिसेम्बर १९ तारिख भारतका चलचित्र अभिनेता आमीर खानले आफ्नो नयाँ चलचित्र ‘ठग्स अफ हिन्दूस्तान’को प्रवर्द्धन गर्न चिनियाँ संचार विश्वविद्यालयको नान चिङ्ग शाखामा विद्यार्थीसँग आदानप्रदान गर्नुभएको छ। यस पटक आमीर खान चीनको आठवटा सहर र सातवटा विश्वविद्यालयमा पुगेर डिसेम्बर २८ तारिख सार्वजनिक हुने ‘ठग्स अफ हिन्दूस्तान’को प्रवर्द्धन गर्दैहुनुहुन्छ।