चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्रीबीच डिसेम्बर २ तारिख ब्यूनस आयर्समा भेट-वार्ता भएको छ। भेट-वार्ताको क्रममा अझ व्यापक दृष्टिकोणबाट आपसी सम्बन्धको विकास योजना कोर्दै हातमा हात मिलाएर सर्वाङ्गीण रणनैतिक साझेदारी सहयोगात्मक सम्बन्धको नयाँ युगमा अघि बढ्दै जाने सहमति दुई देशका राष्ट्रनायकहरूले गर्नुभएको छ। 

दुइ देशका राष्ट्रनायकहरूले ‘जन गणतन्त्र चीन तथा गणतन्त्र अर्जेन्टिना सरकारको संयुक्त कार्य-योजना २०१९-२०३०’ लगायत द्विपक्षीय सहयोग दस्तावेजको हस्ताक्षर समारोहमा उपस्थिती जनाउनुभएको छ।

दुवै पक्षले ‘जन गणतन्त्र चीन तथा गणतन्त्र अर्जेन्टिना संयुक्त विज्ञप्ति’ पनि सार्वजनिक गरेका छन्।

चीनका राष्ट्राध्यक्ष सीलाई अर्जेन्टिनाको सम्मान
डिसेम्बर २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्यूनस आयर्समा अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्रीबाट‘मुक्तिदाता जनरल सान मार्टिन पदक’ ग्रहण गर्नुभएको छ।

अर्जेन्टिनाका राष्ट्रपतीय भवनमा आयोजित सो पदक ग्रहण समारोहमा माक्रीले सम्बोधन गर्दै सीको नेतृत्वमा चीनले भव्य विकास गर्नुका साथै उपलब्धि हासिल गरेको मूल्याङ्कन गर्नुभएको छ। 

सो अवसरमा राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै अर्जेन्टाइन जनताको स्वतन्त्र तथा आत्मनिर्भर भन्ने जातिय भावना बोकेको यस पदकबाट सम्मानीत हुनपाउँदा चिनियाँ जनताप्रति अर्जेन्टिनाका जनताको प्रगाढ मित्रता प्रतिबिम्बित भएको जनाउनुभएको छ।