सहकारीकाे एकीकृत पुँजीलाई उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धि हुने भनाई  : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अर्थतन्त्रको सम्पूर्ण मेरूदण्डको सन्तुलित प्रयोगबाट प्रदेश बिकासको लागि पूर्वधार कम्पनी खडा गर्ने बताएका छन्  । चन्द्रागिरी नगरपालिका–५ मा रहेको देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभाको प्रमुख अतिथिका रुपमा बोल्दै उनले प्रदेशको बिकास र समृद्धिको लागि सहकारिको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको सशक्तीकरणमा  टेवा पुगेको वताए ।

मुख्य मन्त्री पाैडेलले सहकारीकाे एकीकृत पुँजी लाई उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए मात्र  आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जाेड दिए । उनलेे फरक प्रसंगमा भने ” विकास वजेट कनीका छरेकाे जस्ताे गरि पैसा छर्दैमा विकास नहुने रहेछ, दिगाे विकासकाे लागि प्रदेश सरकार एक्सन अफ प्लानमा गई सक्याे अब तिव्र गितिमा विकासकाे अनुभूति जनताहरूले गर्न पाउँने छन ।

 मुख्य मन्त्री पाैडेलले काठमाण्डौ उपत्यकालाई प्रदुषणमुक्त बनाउन दश वर्षभित्र डिजेल र पेट्रोलबाट चल्ने गाडी विस्थापित गरी बिजुली गाडी सञ्चालनमा ल्याउने समेत जानकरी गराए । पौडेलले सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन।मुलुक कृषि प्रधान भनिए पनि कुखुराको दाना बेल्जियम र फूल भारतबाट आयात गरि राख्नु परेको उल्लेख गरे । सहकारीले ग्रामीण भेगका महिलाहरुको पुरुषमाथि भर पर्नुपर्ने अवस्थाको अन्त्य गरेको भन्दै आगामी दिनमा थप प्रभावकारी काम सहकारी क्षेत्रले गर्नुपर्ने उनले जोड दिए । सहकारी भनेको एकापसमा सहकार्य गर्ने माध्यम भएको र सबै मिलेपछि मात्रै देश निर्माण गर्न सकिने उनले प्रष्ट पारे ।