सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा .राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो ।
डा ।भट्टराई यस अघि माधव कुमार नेपाल प्रधानमन्त्री रहदा पनि विदेश मामिला सल्लाहकार रहेका थिए भने नेपाल भारत प्रवुद्ध समुहका सदस्य पनि रहेका छन। काठमाडौं क्षेत्र न -४ बाट निर्वाचन लड्नु  भएका राजन भट्टराई आफ्नो क्षेत्रको बिकासका लागि परेका छन । राजन भट्टराईको नियुक्तीलाई बूढानिलकण्ठ नगरपालिकाको राजनितिज्ञहरुले  बिशेष महत्वका साथ हेरेका छन ।