सुर्यबिनायक नगरपालिका-५ कटुञ्जे एकता टोलबाट नियन्त्रित लागूऔषध नुर्फिन ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल, डाईजेल्याब ३ सय एम्पुल र नगद ४८ हजार रुपैयाँ सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका बस्ने बाँके कोहलपुर चपरगौरी घर भएका ४९ वर्षीया लक्ष्मी शाही र भारत बिहार पुर्वी चम्पारण ग्राम खटुवा घर भएका २५ वर्षीय अमित कुमार रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले लक्ष्मी शाहीको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(नेपाल प्रहरी ,महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर),