२०७५/७/२० गते राती बूढानीलकण्ठ मन्दिर कोलाहालमय हुन् पुग्यो कारण थियो भगवान बिष्णुको पाउमा चाँदीको नयाँ पाउ राखिनु । उक्त बिवादमा बूढानिलकण्ठ मन्दिरको सम्रक्षण र प्रबर्धनका हेतु रहेका संघ संस्था तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

रातको समयमा नयाँ पाउ राखिदा नारायण मन्दिर ब्यबस्थापन समितीलाई कुनै आधिकारिक जानकारी नगराई पाउ राखिएकोमा ब्यबस्थापन समितीका पदाधिकारीहरुले आपति जनाएका थिए ।भगवान बिष्णुको पाउमा चाँदीको पाउ अर्पण गर्नु स्वागत योग्य भए पनि आधिकारिक जानकारी गराई गुठि संस्थान अन्तर्गत जिन्सी खातामा उक्त पाउको विवरण भर्पाइ गरी गुठि संस्थानको पत्र ब्यबस्थापन समितीमा बुझाई पाउ राख्नु पर्ने ब्यबस्थापन समितीका अध्यक्ष सकुल शाहको भनाई रहेको थियो । भगवान विष्णुलाई भक्तजनहरुले अर्पण गर्ने जिन्सी विवरण जिन्सी खातामा जम्मा भईसके पस्च्त मात्र उक्त सामानहरु सरोकारवालाहरुको रोहबरमा स्थापना गर्नु पर्नेमा जबरजस्ती रातको समयमा नया पाउ राखिएकोमा उक्त कार्य नियमसंगत नरहेकोले बिरोध गरेको अध्यक्ष शाहको तर्क रहेको छ । उसैपनि भगवान विष्णुलाई भक्त्जन्द्वारा अर्पण गरिएको बहुमुल्य धातुहरुको सहि विवरण आफु नियुक्त भएर आए देखिनै आफुले खोजी गरिरहेकोमा रातको समयमा बिना जानकारी यसरी चाँदीको पाउ राखिनुमा अनियमितताको आभास भएको उनको भनाई रहेको छ । पाउ कस्ले राख्यो भनेर प्रश्न राख्दा पाउ बुढानिलकण्ठ मन्दिरका महन्त माहाराजले राख्न लगाएको खबर प्राप्त भएको छ ।

बूढानिलकण्ठ मन्दिरमा दाताले दिएको चाँदीको पाउ राख्दा कुनै आपत्ती नरहेको साथै नारायणथान व्यवस्थापन समितीका पदाधिकारी नेपाल सरकार र गुठी संस्थान अन्तर्गत रहेता पनि स्व्यम मठाधिस उक्त व्यवस्थापन समितीको संरक्षक रहेका कारण समितीका पदाधिकारीलाई जानकारी गराएर चाँदीको पाउ प्रतिस्थापन गरेको जानकारी आएको छ । यही बिषयलाई लिएर चर्केको बिवाद मन्दिरमा उठेको भेटी तथा दाताहरुले चढाएका गहना समेतमा भएको अनियमितताको बारे आरोप प्रत्यारोप लगाएका थिए ।

हिन्दु धर्मावलम्वीहरुले आस्था पुर्बक पुज्दै आएको हरिबोधनी एकादशी बुढानीलकण्ठ मन्दिरमा बिशेष तवरले मनाइदै आएको छ उसो त् हरिबोधनी एकादशी नजिक आई रहेको समेत छ ।बिगतको बर्षहरुमा बूढानीलकण्ठ क्षेत्र विकास समितीले मेला संचालनार्थ मूल समिती गठन गरी हरिबोधनी एकादशी मेला संचालन गर्दै आएकोमा यस पटक नारायण स्थान ब्यबस्थापन समितीले मेला संचालन गर्ने जानकारी प्राप्त भएको छ । करीव ३० केजीको चाँदीको पाउ पाटनका दाता द्वारा प्रदान गरेको जानकारी आएको छ ।

उक्त बिषयलाई लिएर स्थानियहरु भन्छन :-

बूढानिल्कण्ठ मन्दिरको बिषयलाई लिएर त्यहाँ रहेका संघ संस्थाहरु बिच भैरहने बिवाद र आरोप प्रत्यारोपका कुराहरु सामान्य हुन,मन्दिरको सम्रक्षण ,प्रबर्धन भन्दा पनि आफु आफु बिवाद गरेरै समय बिताउने कार्य भैइ रहेको छ । 

सबै पदाधिकारीहरु मन्दिर कै लागी भनेर आएका हुन मिलेर काम गरे भैइगोत, किन ठुला कुरा गरेर राजनिती गर्नु मन्दिरको बिषयलाई लिएर ।

हरिबोधनी एकादशी आउदैछ मन्दिरको  प्रचार गर्नु पर्ने बेला विवाद गरे पछि पक्कै पनि नकारात्मक सन्देस बाहिर जान्छ, सके सम्म चाडै नै  यस बिषयमा सम्बन्धित निकायहरु  संग छलफल गरि टुंगो लगाउनु पर्छ  ।