चीन सरकारका सिरिया समस्या विशेषदूत से स्याउ यानले हिजो डिसेम्बर सात तारिख जेनेभामा सञ्चार माध्यमलाई अन्तर्वार्ता लिँदै अन्तर्राष्ट्रिय समाजले हातमा हात मिलाएर सिरियाको राजनीतिक प्रगतिलाई प्रवर्द्धन गर्न आव्हान गर्नुभएको छ। उहाँका अनुसार सिरिया समस्यामा चीनले सधैं राजनीतिक माध्यमद्वारा समस्याको समाधान गर्ने अडान लिने र संयुक्त राष्ट्र संघको मुख्य मध्यस्थ भूमिकालाई समर्थन दिँदै जाने छ।

सिरियाको मानवीय अवस्थामा केही सुधार देखिन्छ। केही शरणार्थीले स्वदेश फर्कन थालेका छन्। सम्बन्धित विभिन्न पक्षले पुनःनिर्माण कामका लागि छलफल गर्न थालेका छन्। सिरियाको पुनःनिर्माण नै एक गठिन काम हो भने अन्तर्राष्ट्रिय समाजको संयुक्त प्रयास चालिन्छ। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदद्वारा चिश्चित गरिएका सबै आतंकवादी संगठनको कडा विरोध गर्दै अन्तर्राष्ट्रिय समाज र सम्बन्धित विभिन्न पक्षले मावनीय समस्यालाई जोड दिँदै सिरिया जनताको दुःखलाई शिथिल पार्ने प्रयास गर्दै जाने धारणा विशेषदूत सेले व्यक्त गर्नुभएको छ।