टोखा नगरपालिका,भाद्र २९ नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ मा चाँडै प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापना गर्न लागिएको बताएका छन। टोखा नगरपालिकामा आयोजना भएको सामसुंग कम्पनी कोरीयाको सहयोगमा भएको प्राविधिक तालिमको समापन कार्यक्रममा बोल्दै उनले सो शिक्षालय स्थापनाको गृहकार्य भैरहेको बताएका हुन् । वर्तमान सरकारलाई कुनै पनि बाहना बनाएर जनताको अपेक्षा अनुसारको काम नगर्ने छुट नरहेको भन्दै पोखरेलले त्यसका लागि सरकार संवेदनशील रहेको बताए । उनले टोखा नगरपालिका जस्तै अन्य स्थानमा पनि प्राविधिक र शिपमुलक तालिमको आवस्यकता रहेको भन्दै त्यस कार्यमा सहयोग गर्नका लागि कोरीया सरकारलाई राजदुत मार्फत अनुरोध गरेका थिए। टोखा नगरपालिकामा आयोजना भएको कार्यक्रम देख्दा सानो तर सन्देस दिने सवालमा निकै ठुलो रहेको भन्दै स्वरोजगार बन्ने अवसर प्राप्त गरेकोमा तालिममा सहभागीहरुलाई बधाई दिदै पोखरेलले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सफल बनाउन यस तालिमले सहयोग पुर्याउने बताएका थिए। उनले नीति र कानुनमा रहेका उल्झनलाई हटाउदै अगाडी बढ्न सरकार प्रतिवद्ध रहेको भन्दै यसमा सरकारलाई जनताको सहयोग चाहिने बताएका थिए।उनले अव सरकारले काम देखाएर जनताको मन जित्ने भन्दै त्यसका लागि ठोस योजना तथा कार्यक्रम बनाएर लाग्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।