पशु सेवा शाखा बुढानिलकण्ठको तालिम सम्पन्न

[[IMG_ALT]]

b.s.g news | Nagar News | Baishak 25

पशु सेवा शाखा बुढानिलकण्ठको तालिम सम्पन्न बुढानिलकण्ठ नगरपालिका वडा न १ मा बुढानिलकण्ठ नगरपालिकाको पशु सेवा शाखाले ३ दिने बाख्रा पालन तालिम सम्पन्न गरेको छ | बुढानिलकण्ठ नगरपालिका वडा न १ तौलुंग मा तामांग समुदायको मानिसहरुको बसोबास रही आएको छ | जिबिकोपर्जानका लागी अधिकंश स्थानीयले घेरेलु मदिरा उत्पादन गर्ने गरेको पाइएकोले स्वोरोजगारीको बैकल्पिक बाटो पशुपालन हुन् सक्ने भएकोले उक्त तालिम संचालन गर्नु आबश्यक रहेको वडा अध्यक्ष् सुरेन्द्र तामांग बताउछन

कार्यक्रममा ४३ जानाले सहभागिता जनाएका थिए ३ दिन सम्म संचालन भएको तालिम निकै फलदायक भएको र यो तालिम लिएका सहभागीहरुले पशुपालन गरेर घर खर्च चलाउन सक्षम् हुने पशु सेवा शाखाका अधिकृत बताउछन | वडा न १ पशुपालनको लागी उपयुक्त स्थान भएको नजिकै जंगल रहेको र पशु चरणको लागी खासै समस्या नरहने भएका हुँदा पनि अबैधिनिक घरेलु मदिरा उत्पादन गर्न भन्दा स्थानीय पशुपालनमा आकर्षित हुने कुरा नगर प्रमुख उद्धवप्रसाद खरेल बताउछन |

कार्यक्रमका सहभागीहरुलाई नगरप्रमुख उद्धवप्रसाद खरेल वडा अध्यक्ष् सुरेन्द्र तामांग र पशु सेवा शाखाका अधिकृत लगायतले तालिम लिएको प्रमाणपत्र प्रदान गर्दै धन्यबाद ज्ञापन गरेका थिए |

[[IMAGE_ALT]] [[IMAGE_ALT]]