लैङ्गिक हिंसा विषयक १६ दिन अभियान अन्तर्गत देशभर बिभिन्न कार्यक्रमहरू संचालित छन् । बुढानिलकण्ठ नगरपालिकामा पनि नियमितरूपमा बिभिन्न कार्यक्रमहरू भैरहेका छन् । अभियानकाे १२ अाैँ दिन बूढानिलकण्ठ नगरपालिकाकाे वडा नं १२ मा लैङ्गिक हिंसा न्युनिकरणमा समाजकाे भूमिका विषयक वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ ।

वडा नं १२ कार्यालयले स्थानीय महिला संजालकाे सहअायाेजना अायाेजना गरेकाे वक्तृत्वकला प्रतियाेगिता विद्यालयका छात्रा तथा खुल्ला महिला गरी दुइवटा भएकाे थियाे । वडा नं १२ का कार्यबाहक वडाध्यक्ष पुरूषाेत्तम नेपालकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि बुढानलिकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल उपस्थित थिए । वक्तृत्वकला प्रतियाेगितामा प्रहरी महिला सेलले तयार पारेकाे महिला हिंसासम्बन्धि पावरप्वाइन्ट कार्यक्रमलाइ महिला प्रहरी अधिकृतले प्रस्तुत गरेकी थिइन् ।

 

वडा नं १२ का ८ वटा विद्यालयका ८ जना प्रतियाेगिहरूले  भाग लिएकाे वक्तृत्वकला प्रतियाेगितामा त्रिज्याेति स्कुलकी सागरिका खड्का प्रथम भइन् भने पायाेनियर स्कूलकी स्मारिका दाहाल द्वितीय र घटराज स्कूलकी निशा अधिकारी तृतीय भएकी थिइन् । त्यसैगरी खुल्लातर्फकाे प्रतियाेगितामा सहभागि ६ प्रतिष्पर्धीबाट कमला खनाल प्रथम भइन् भने अाभा पुडासैनी द्वितीय र कान्ता दाहाल तृतीय भएका थिए । प्रतियाेगिताकाे निर्णायककाे भूमिका काठमाडाैँ खबरका प्रधानसम्पादक केशव पाठक र  रिलाइन्स स्कूलका अध्यापक श्रीधर पाैडेलले गरेका थिए ।

यसैबीच लैङ्गिक हिंसा विषयमा बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं ११ मा कविता प्रतियाेगिता सम्पन्न भएकाे छ । वडा कार्यालयमा भएकाे प्रतियाेगितामा  प्रथम  अनुश्री चालिसे, द्वितीय सावित्री पोखरेल, तृतिय शुसिल कट्टेल तथा सान्त्वनामा सरिता पुरी भएकी थिइन् । प्रतियाेगितामा विसुकुमार केसी, जयन्ती रूपाखेती र शक्ति नेपालले निर्णायककाे भूमिका निर्वाह गरेका थिए ।

(source Kathmandukhabar)