बूढानीलकण्ठ युवा समाज र स्पार्क सर्कलको आयोजनामा बि.एम.यु.एन (BMUN )को दोश्रो शृंखलाको औपचारिक उद्घाटन आज होटल पार्क भिलेज रेसर्टमा सम्पन्न भएको छ ।बूढानीलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनी सभापति रहनुभएको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाको शिक्षा शाखाका प्रमुख नवराज नेपाल प्रमुख अतिथी रहनुभएको थियो । बूढानीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ ,बूढानीलकण्ठ नगरपालिका वडा न ५ का वडा अध्यक्ष विजय तामांग , हिमालयन बिद्यालयका प्रधानाध्यापक खेमराज घिमिरे बिशेष अतिथी रहनुभएको उक्त कार्यक्रममा युवा अभियन्ता एबं बूढानीलकण्ठ नगरपालिकाको मेयरका सचिवालय सदश्य सुमित खरेल ,बुढानीलकण्ठ युवा समाजका कोषाध्यक्ष संजय ठकुरी ,ब्यबसायी रबि थापा बिभिन्न विधालयका प्रतिनिधि तथा सहभागी उपस्थित रहेका थिए । यस अगाडी पहिलो सम्न्स्करणको कार्यक्रम बु.न.पा ९ स्थित काष्ठमण्डप बिधालयमा सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्दै बु.न.पा ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठले एकदम नौलो कार्यक्रम आयोजना गर्न लगिएकोमा आयोजकलाई धन्यबाद दिनुभएको थियो । बु.न.पा ५ का वडा अध्यक्ष विजय तामांगले बु.न.पा ५ मा रहेको युवा समाज र स्पार्क सर्कल जस्ता संस्थाले समाजमा नौलो पहिचान बनाउन बिशेष भूमिका खेलेको जिकिर गर्नु भयो ।युवा अभियन्ता एबं बूढानीलकण्ठ नगरपालिकाको मेयरका सचिवालय सदश्य सुमित खरेलले यस खालको कार्यक्रमलाई नगरले अपन्त्वो लीई अगाडी बढ्दै युवा बर्गको क्षमता विकास गरि सम्बृद्ध नगर बनाउन नगर प्रमुखको सहयोग रहने बताउनु भयो । हिमालयन विद्यालयका प्रधानाध्यापक खेमराज घिमिरेले स्पार्क सर्कलका युवाहरुको भूमिकाको प्रसंसा गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी बूढानीलकण्ठ नगरपालिकाको शिक्षा शाखाका प्रमुख नवराज नेपाल पहिलो संस्करणको कार्यक्रममा आफु उपस्थित हुन् नसकेको र आफ्नो लागी एम.यु.एन एकदम नौलो र पृथक बिषय रहेको हुनाले यो प्रसंगमा आफुले अझै धेरै अध्यन गर्ने बताउनु भयो । बूढानीलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीले स्पार्क सर्कल संगको सहकार्यमा फेरी काम गर्न पाउँदा खुसि लागेको र युवा समाज युवाहरुको सामाजिक सहभागिताको लागी अन्य काम गर्न तयार रहेको बताउदै कार्यक्रमका भएका कमीकमजोरी सुधार गर्दै अगाडी बढ्ने बताउनु भएको थियो ।कार्यक्रम ३ दिन सम्म संचालन हुने स्पार्क सर्कलका सुदिस के.सी ले जानकारी दिनुभएको छ ।