विश्व कोरोना भाइरसको महामारीको कारण आक्रान्त छ नेपालमा पनि बढ्दो मात्रामा संक्रमित तथा यस रोगका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गईरहेको छ। नेपालमा यस आइरसले विकराल रुप नलियोस् भन्ने उद्देश्यका साथ करिव १४९ दिनसम्म गरिएको बन्दाबन्दिका कारण राष्ट्रका विविध गतिविधिहरु ठप्प रहेका थिए। सामाजिक क्षेत्रमा विषेश गरि विद्यार्थीहरुको पठनपाठन र विभिन्न आर्थिक गतिविधिहरु सञ्चालनमा नआउँदा हाल रष्ट्र लगायत विश्व नै अस्तव्यस्त अवस्थामा रहेको छ। 

नियमित कक्षा सञ्चालनमा नआउँदाको समस्या र यसको नतिजालाई ध्यानमा राख्दै नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्र (CERIN) द्वारा शैक्षिक क्षेत्रमा परेको प्रभावको विषयमा आधारित रहेर शैक्षिक कुराकानी "सेरिन टक शो" (CERIN TALK SHOW) कार्यक्रमको सञ्चालन गरिने भएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पारेको असर ,चुनौती र अवसरहरु लगायतका विषयहरुमा केन्द्रित रहेर सो कार्यक्रमको आयोजना हुन लागेको केन्द्रका सदस्य किशोर कार्कीको भनाई रहेको छ। उक्त विषयहरुमा गरिने छलफल तथा जानकारी कार्यक्रम विशेष गरि अभिभावक तथा विद्यार्थीहरुलाई मध्येनजर गरिने केन्द्रको अध्यक्ष राम न्यौपानेले बताउनुभएको छ।

यस केन्द्रद्वारा विगतका दिनहरुमा देशको विभिन्न सामुदायिक विद्यालयहरुमा गएर पुस्तकालयको निर्माण, विभिन्न शैक्षिक कार्यक्रम र अनुसन्धानमुलक कार्यक्रम लगायत विशेष गरि शिक्षाकै क्षेत्रमा रहेर थुप्रै महत्वपुर्ण कार्यहरु सम्मपन्न गरिसकेको छ। यस कोरोनाको महामारीकै समयावधिमा समेत यस केन्द्रद्वारा विभिन्न किसिमका स्वास्थ्य जनचेतना मुलक कार्यक्रम, सन्देशमुलक अनलाइन चित्रकला, निवन्ध र कविता वाचन प्रतियोगिता समेत सफलताका साथ सम्पन्न गरेको थियो ।