काठमाडौं, कात्तिक १ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ७४६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ४५१ जना छन् । 
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार १६७ सङ्क्रमित थपिएका छन् । १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । 
पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।