बुढानीलकण्ठ नगरपापलिका वडा नं १ तथा नुवाकोट जिल्लामा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जमा होलि डे हाईकिङ गएका १० जना विद्यार्थीहरु निकुञ्जमा बाटो बिर्सिएर अलपत्र परेको जानकारी प्राप्त भएसँगै महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले सबैलाई सकुसल उद्धार गरेको छ।
प्।रभागबाट खटिएका प्रहरी टोलीद्वारा मिति २०८१ फाल्गुन १० गते शनिबार साँझ ०४:०० बजे खबर प्राप्त भएपश्चात तत्काल कार्यालयका कार्यालय प्रमुख प्र.नि. सुरेश खत्रीको कमाण्डमा प्रहरी टोली, शिवपुरी राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको भवानीदल गण, लिपिकोट शिवपुरीबाट नेपाली सेना र राष्ट्रिय निकुञ्जका कर्मचारीहरू सहित गरी १९ जनाको संयुक्त टोलीद्वारा उद्दार गर्न सफल भएको हो।
अलपत्र परेका १० जना मध्ये ६ जनालाई सोहि मितिको साँझ ०७:१५ बजे र बाँकी ४ जनालाई मिति २०८१ फाल्गुन ११ गते मध्यरात ०१:४० समयमा उक्त राष्ट्रिय निकुञ्जबाट उद्दार गरी यस कार्यालयमा ल्याई सकुशल आफन्तको जिम्मा लगाईएको प्रहरी प्रभागबाट जानकारी प्राप्त भएको छ।
प्रतिकृयाहरु