सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा परमादेश जारी गरेको छ ।

न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई तेस्रो पटक म्याद  थपेको समय भित्र उहाँहरुको अनुनसन्धान सक्न नसकिए  थुनामुक्त गरेर अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।

”रिट खारेज गरिएको छ भने अदालतले परामादेश जारी गरेको छ । उहाँहरुलाई अदालतले तेस्रो पटक म्याद थप गरेको समय भित्र अनुसन्धान सकाउन नसकिए बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको छ,” सर्वोच्च प्रवक्ता अर्जुन प्रसाद कोइरालाले भन्नुभयो ।