पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा चढाएको सुनको जलहरीको परीक्षण तथा नापतौल सुरु गरिएको छ । 

पशुपतिनाथमा चढाइएको सुनमध्ये १० केजी सुनको विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्यसको अनुसन्धान गर्न थालेको हो । 

पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरीको परीक्षण तथा नापतौल गरिन लागेको जानकारी दिनुभयो ।

शिवलिङ्गबाट जलहरी निकालेर तौलिन र परीक्षणका लागि रद्र गाडेश्वरमा ल्याइएको छ । हालिएका जलहरी पनि त्यहाँ नै बनाइएको थियो । 

अख्तियारले अनुसन्धान गर्ने भएपछि कोषले शनिबार पशुपतिनाथमा क्षमा पूजा पनि गरेको थियो । सिसी टिभी जडान गर्नलाई क्षमा पूजा गरिएको जानकारी सुरक्षाकर्मीले दिए पनि आज जलहरीको परीक्षण र नापतौल सुरु भएको छ । 

जलहरी परीक्षण गर्न लागेकाले पशुपितमा भक्तजनलाई दर्शन गर्न पनि बन्द गरिएको छ ।