काठमाडौं, चैत ३ गते । हिन्दुहरुको रङ्गको चाड फागु (होली) पर्व राजधानीलगायत पहाडी जिल्लामा उल्लासय ढंगले विहानदेखि मनाइएको छ ।

यस दिनमा बसन्तपुर दरबार क्षेत्रमा चिररोथारोहण भएपछि यस पर्वको शुरुवात हुन्छ । यस दिन यस क्षेत्रमा विदेशी पर्यटकहरुले पनि विभिन्न रङ्गहरुका साथ यस पर्व मनाएका छन् ।

एक आपसका मुखमा रङ्गहरुका दलेर होली पर्व मनाइने गरिन्छ । होली पर्वमा रङ्गसहित पानी भरेको लोला हान्ने र पानी छ्याप्ने पनि गरिन्छ ।